संगालोखबर


विराटनगर । उदयपुरको कटारी नगरपालिका-५ र ८ मा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ आएको हावाहुरीबाट कटारी-८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कटमिरोको रूखको हाँगाले लागेर मृत्यु भएको हो ।

यस्तै कटारी-५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिरनजिकै हावाहुरीका कारण सखुवाको रूख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार हावाहुरीकै कारण कटारी-५ की ५ वर्षीय विनिशा चौधरी, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार घाइते भएका छन् ।

घाइतेमध्ये लीलाबहादुरको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । अन्य चार जना कटारी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!