
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा फागुन महिनामा साढे १८ हजारभन्दा बढी तीर्थालुले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुनमा १८ हजार ६ सय ५२ जना तीर्थालुले मन्दिरको दर्शन गरेका हुन् ।
फागुनमा कुल ३१ लाख १० हजार रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ । हिउँद सकिएर मौसममा सुधार आएसँगै पाथीभरा दर्शनका लागि जाने तीर्थालुहरूको संख्या बढ्न थालेको छ ।
संकलित भेटी रकम पाथीभरा क्षेत्रको पूर्वाधार विकास, कर्मचारी व्यवस्थापन र मन्दिरको संरक्षणमा खर्च गरिँदै आएको समितिले जनाएको छ ।

संगालोखबर 













