संगालोखबर


झापा । झापाको हल्दीबारी गाउँपालिका-२ मा वर्षासहित आएको हावाहुरीका कारण ढलेको रुखले किच्दा घरभित्र सुतिरहेकी किशोरीको मृत्यु भएको छ । बिहीबार राति हावाहुरीले लडाएको रुखले किच्दा १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार राति ९ बजेतिर घरनजिकै रहेको आँपको रूख वर्षा र हावाहुरीले ढलेर उनलाई किचेको थियो । रुखले किच्दा उनको घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घर किचेको रूख हटाएको छ । शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!