संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सय र आइतबार तीन लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला पाँच हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । सोमबार चाँदी प्रतितोला पाँच हजार चार सय १० र आइतबार पाँच हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!