सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट उम्मेदवारी दिएका १७ जना उम्मेदवारमध्ये दुई स्वतन्त्रसहित ६ जना उमेदवारले सय मत पनि कटाउन सकेनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार छ जनाले सय मत पनि नकटाएका हुन् ।

नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेशन र दुई जना स्वतन्त्र उम्मेदवारले सय मत नकटाएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मीले २२, आम जनता पार्टीका प्रेमबहादुर थापाले ५५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्लीले ६५, मंगोल नेशनल अर्गनाइजेशनका सागर राईले ५ तथा स्वतन्त्र उम्मेदवारद्वय मनकुमार योञ्जन र जितेन्द्र राईले क्रमशः ५६ र ९१ मत पाए ।

यस्तै पाँच जना उम्मेदवारले एक हजारभन्दा कम मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रविन कुमार राईले १ सय ३२, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राईले २ सय २१, जनता समाजवादी पार्टीका निशान राईले २ सय ३८, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बूले ४ सय ३१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले ७ सय ३ मत मात्रै ल्याउन सके ।

धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई १८ हजार १ सय ३२ मतसहित निर्वाचित भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!