
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार पाँच सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य तीन लाख १६ हजार नौ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँ बढेर पाँच हजार चार सय ७५ रुपैयाँ पुगेको छ ।

संगालोखबर 















