संगालोखबर
फाइल तस्बिर

विराटनगर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेनल ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत ल्याउन सफल भए ।

यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २३३ र नेपाली काँग्रेसकी मंधरा चिमरियाले १ हजार ८२१ मत प्राप्त गरेका छन् । झापा–५ बाट ओली पटक-पटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । 

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर समेत रहेका बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकेको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!