
विराटनगर । संखुवासभामा मतगणनाका सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि गणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मत गणनाका सुरु गरिएको छ । भौगोलिक रूपमा दुर्गम तथा विकट मानिएको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रका मतपेटिका ढिला आइपुगेका कारण मतगणना ढिलो सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको यस जिल्लाका १२४ मतदान केन्द्रको मतपेटिका पैदल मार्ग र सडक मार्गबाट मतपेटिका गणनास्थलमा ल्याइएको थियो । मत गणनास्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ ।

संगालोखबर 















