
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले फराकिलो अन्तर बनाएका छन् ।
पछिल्लो मतपरिणाम बालेनले ४२ हजार ५४३ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ११ हजार ४२७ मत प्राप्त गरेका छन् ।
यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ७ हजार १०७, नेपाली काँग्रेसकी मन्धरा चिमरियाले १२०२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ९९६ मत प्राप्त गरेका छन् ।

संगालोखबर 















