
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार छ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार पाँच सय ४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














