संगालोखबर


विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीलाई माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

जटिल र संवेदनशील घटनाहरूको सफल अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सफल भएको भन्दै प्रदेश प्रहरी कार्यालयले डीएसपी केसीलाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको हो ।

माघ १३ गते चिशंखुगढी गाउँपालिका-६ मा ७४ वर्षीय चन्द्र विक्रम राई र ८० वर्षीया चन्द्र माया राईको विभत्स हत्या गरी लुटपाट गर्ने दुई जनालाई काठमाडौंबाट लुटिएको सामानसहित माघ २३ गते पक्राउ गर्न उनी सफल भएका थिए ।

यस्तै २०६७ साल असारमा छविलाल कार्कीको हत्या गरी फरार रहेका प्रतिवादीलाई १५ वर्षपछि माघ १७ गते पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाएको र खिजीदेम्बा गाउँपालिकामा महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय प्रतिवादीलाई माघ ४ गते पक्राउ गरेर कानुनी दायरामा ल्याउन सफल भएका थिए ।

विभागीय मूल्यमान्यता र निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबलका साथ अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न उत्कृष्ट भूमिका निर्वाह गरेकोले डीएसपी केसीलाई पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!