
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँ कायम भएको थियो ।
आज पनि चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर चार हजार आठ सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला चार हजार आठ सय ६० र आइतबार चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














