संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर पाँच हजार दुई सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!