
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार एक सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार छ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला दुई सय ४० रुपैयाँ बढेर पाँच हजार दुई सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँ कायम भएको थियो ।

संगालोखबर 














