संगालोखबर


पाँचथर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरले २५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन गरेको छ । सबै स्थानीय पालिका तथा नगरपालिका समेटेर मणि कुमार लिङ्देन कमान्डर र अर्जुन राई सह-कमाण्डर रहनेगरी फोर्स गठन गरिएको हो ।

नेकपा एमाले पाँचथर जिल्ला कमिटी अध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका अध्यक्ष विष्णु प्रसाद सापकोटा र एमाले पाँचथर जिल्ला कमिटीका उपाध्यक्ष वीरबहादुर कुरुम्बाङले नवगठित कमिटीलाई सफलताको शुभकामना व्यक्त गरे ।

उनीहरूले आसन्न निर्वाचनमा विभिन्न किसिमका समस्या आउन सक्ने भएकाले भयरहित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न नेशनल भोलेन्टियर फोर्सको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।

नवगठित कमिटीले जिल्लाका ८ वटै पालिकामा संगठन विस्तार गर्दै एमालेको चुनावी कार्यक्रम तथा गतिविधिहरूलाई सहयोग पुर्याउने प्रतिवद्धता जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!