
पर्सा । सामाजिक सञ्जाल फेसबुकमा दलको पक्षमा अभिव्यक्ति दिने प्रहरी हवल्दारमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । पर्साको प्रहरी चौकी सिर्सियामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलविरूद्ध विभागीय कारबाही अघि बढाउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हवलदार श्यामनारायणले कुनै एक दलको पक्षमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । उनलाई विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको छ ।

संगालोखबर 














