संगालोखबर


विराटनगर । संखुवासभाको चैनपुरमा गएराति आगलागी हुँदा एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ । चैनपुर नगरपालिका-१ याङसिजुङका दिलप्रसाद लिम्बुको घरमा आगलागी भएको हो ।

आगलागीबाट लिम्बुको तीन तले घर पूर्णरूपमा जले पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेन नष्ट भएको छ ।

आगलागी प्रहरी र स्थानीयको सहयोगमा करिब ४ घण्टापछि नियन्त्रणमा आएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!