
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय, मंगलबार दुई लाख ९० हजार तीन सय, सोमबार दुई लाख ८६ हजार छ सय र आइतबार तीन लाख रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला दुई सय ७० रुपैयाँ घटेर चार हजार सात सय १० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदी प्रतितोला पाँच हजार छ सय, मंगलबार पाँच हजार तीन सय ३५, सोमबार पाँच हजार दुई सय र आइतबार पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














