संगालोखबर


विराटनगर । झापा क्षेत्र नम्बर ५ स्थित बालेन शाहको सम्पर्क कार्यालय भएको घरमा तोडफोड भएको छ । कमल गाउँपालिका-२ स्थित जयराम अधिकारीको घरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा तोडफोड भएको हो ।

झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवार तथा रास्वपाका वरिष्ठ नेता शाहले स्थानीयसँग भेटघाट गर्न तथा चुनावी रणनीति बनाउन रास्वपाले उक्त घरमा सम्पर्क कार्यालय स्थापना गरेको थियो ।

झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र बहादुर खड्काले बुधबार राति अज्ञात समूहले ढुङ्गामुढा गर्दा झ्यालको सिसा फुटेको जानकारी दिए । ‘सोही घरमा रास्वपाले कार्यालयका लागि कोठा भाडामा लिएको छ’, डीएसपी खड्काले संगालोखबरसँग भने, ‘तर घरबेटी बस्नेतर्फको कोठाको झ्यालको सिसा फुटेको छ ।’

कसले किन ढुङ्गामुढा गर्यो खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी तीव्र पारिएको तथा सुरक्षा सर्तकता अपनाइएको डीएसपी खड्काले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!