सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा २३ हजार बढीले सेवा लिइएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ६ सय ७० जनाले विभिन्न सेवा लिएका हुन् ।

आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार २५० जनाले योग अभ्यास, २६० जनाले चिकित्सक शिविर, ३ हजार १२३ जनाले ओपिडी सेवा र २ हजार ५०२ जनाले पूर्वकर्म सेवा लिएका छन् ।

यस्तै ८२ जनाले पञ्चकर्म सेवा, ५२६ जनाले उपक्रम सेवा, १०१ जनाले जेष्ठ नागरिक सेवा, १ हजार १३ जनाले योग सेवा, ५१२ जनाले प्याथोलोजी सेवा र १४ हजार ५६० जनाले नागरिक आरोग्य सेवा लिएका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी डा. विद्या श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार केन्द्रले विभिन्न २३ वटा रोगको निःशुल्क औषधि वितरण गर्दै आएको छ । यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटा अन्तर्गत सञ्चालित सहिदभूमि गाउँपालिका छिन्ताङ, आयुर्वेद औषधालय पाख्रिबास, नागरिक आरोग्य सेवा केन्द्र महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिका आरोग्य सेवा केन्द्रहरू मार्फत पनि सेवा सञ्चालन भइरहेको छ ।

यस्तै केन्द्रमा दैनिक ओपिडी सेवाअन्तर्गत विभिन्न पेटसम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, छालासम्बन्धी रोग, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपन, पत्थरी आदिको उपचार हुँदै आएको छ । प्रयोगशालामा विभिन्न अत्याधुनिक उपकरणहरूको प्रयोगबाट रगत, दिसा, पिसाब आदिको जाँच समेत गरिदै आएको छ ।

बुधबार गरिविनिवारण तथा ग्रामीण विकास कार्यक्रम (पर्डेप नेपाल) को सहजीकरण तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना भएको सामाजिक परीक्षण तथा छलफल कार्यक्रममा कोशी प्रदेश सांसद निरन राईले थप सेवाग्राहीलाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

‘जति सेवाग्राही आउनुपर्ने हो । त्यति आउन सकेका छैनन्’, उनले भने, ‘त्यसका लागि आवश्यक प्रचार-प्रसारको आवश्यक छ । त्यसका लागि सहयोग रहन्छ ।’ उनले केन्द्रका लागि चाहिने आवश्यक उपकरण ल्याउन पहल गर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!