
विराटनगर । झापाको दमक नगरपालिका-१ बरगाछीमा टिपरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका-४ का २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू उपचारका लागि दमक अस्पतालमा लगिएको चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।
आज दिउँसो दमकबाट रामचोकतर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरसँग दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १-०१-०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।
टिपर चालक उदयपुरको त्रियुगा नगरपालिका-९ रातमाटेका ३२ वर्षीय हिवराज रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 














