संगालोखबर


दमक । नेकपा एमालेका केन्द्रिय सदस्य देवेन्द्र दाहालले काठमाडौंमा डोजर चलाएर सुकुम्बासी खेदाउने बालेन शाहबाट सुकुम्बासी समस्या समाधान नहुने बताएका छन् । झापाको दमकमा अखिल नेपाल महिला संघ दमक नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै नेता दाहालले यस्तो बताएका हुन् ।

झापा–५ अन्तर्रगतको कमल गाउँपालिका स्थित सुकुम्बासी बस्तीमा पुगेर समस्या चाँडै समाधान गर्ने भनी बालेनले दिएको अभिव्यक्ति प्रति दाहालले उक्त धारणा व्यक्त गरेका हुन् ।

नेकपा एमालेको नेतृत्वमा सरकार भएको बेला देशैभरी सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न सुकुम्बासी आयोग नै बनाएर धेरैलाई धनीपुर्जा बितरण गरेको उनले बताए ।

निर्वाचनको सम्मुखमा एक जना उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित जनतालाई झुट्टा आश्वासन दिनु गलत भएको उनको भनाइ छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झापामा सञ्चालित ठूलाठूला योजनाको बजेट काटौती गरेर अहिलेको सरकारले जनतालाई मूर्ख बनाउने काम गरिरहेको उनले उल्लेख गरे ।

झापामा सञ्चालन भइरहेका नेपालको गौरवका योजना मध्ये चीन नेपाल मैत्री औद्योगिक पार्क, दमक व्यवसायिक भवन र यही आसपास क्षेत्रको १०० बिगाहामा गरिने टाउन प्लानिङको बजेट कटौती भएको उनले बताए ।

दमकमा नै निर्माण सम्पन्न भएको दमक सभाहल, दमक–रबि–चिसापानी सडक निर्माण, मदन भण्डारी रंगशाला निर्माण लगायतका योजनाको सम्पूर्ण बजेट अहिलेको सकारले काटौती गरेको उनले सुनाए ।

कार्यक्रममा एमालेकी केन्द्रिय सदस्य गीता अधिकारीले देश कुनै योजना र कानुन बिना जबर्जस्ती रूपमा चलिरहेको बताइन् । नीति निर्माण हेर्दा समेत झापाका धेरै योजनाको बजेट कटौती गरिएको उनले उल्लेख गरिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!