संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार चार सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार सात रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार छ सय र आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला दुई सय ६५ रुपैयाँ बढेर पाँच हजार छ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाादी प्रतितोला पाँच हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी प्रतितोला पाँच हजार दुई सय र आइतबार चाँदी प्रतितोला पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!