
विराटनगर । झापाको भद्रपुर विमानस्थलबाट १ सय ४४ ग्राम ४ सय मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा हुम्लाको खार्पुनाथ–२ की २६ वर्षीया रोशनी बूढा छिन् ।
सोमबार साँझ काठमाडौं जान लागेकी उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ब्राउन सुगर फेला पारेको हो । उनले लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













