
झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ । प्रशासनले विज्ञप्ति जारी गर्दै ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाईं र अञ्जन न्यौपानेले जारी गरेको विज्ञप्तिमा कसैले अटेर गरेको खण्डमा कारबाही गरिने उल्लेख छ ।
केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग कुन दल, उम्मेदवार र निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना गरिएको जनाइएको छ ।
यस्तै मतदाताको गोपनीयता भंग गर्ने र गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घन हुनेसमेत प्रशासनले स्पष्ट पारेको छ ।

संगालोखबर 













