संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार चार सय रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार छ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला तीन सय रुपैयाँ घटेर पाँच हजार दुई सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!