संगालोखबर


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमान्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले सरकारी संरचना तोडफोडका योजनाकारलाई भोट नहाल्न आग्रह गरेका छन् । उनले डेढ खर्ब भन्दा बढीको व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताएका हुन् ।

एमाले मनकामना टोल कमिटी दमक-८ ले आज आयोजना गरेको टोल भेलालाई सम्बोधन गर्दै दाहालले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा बन्द कोठामा बसेर तोडफोड गर्न बालेन शाहले उक्साएको भन्दै भोट नदिन आग्रह गरेका हुन् ।

उनले एमाले अध्यक्ष ओलीले यस क्षेत्रको विकासका लागि गरेको योगदान अतुलनीय रहेको उल्लेख गरे । ओलीको भूमिका स्थानीय विकासमा मात्र नभइ राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

मनकामना टोल कमिटी अध्यक्ष पोष्टनाथ निरौलाको अध्यक्षतामा भएको टोल भेलामा मुलुकलाई ध्वस्त पार्ने, राजनीतिक दर्शन केही नभएको उम्मेदवारबाट मुलुकको विकास सम्भव नहुने उल्लेख गरे ।

उनले एमालेलाई नजिताएसम्म देश, क्षेत्र, वडा र टोलको विकास अधुरो रहने बताए । अध्यक्ष ओली उम्मेदवार भएको झापा ५ मा एमालेले २९ वटै वडामा वडा र टोल कमिटी गठन गरेर निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!