संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार पाँच सय रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय, मंगलबार तीन लाख नौ हजार तीन सय, सोमबार तीन लाख नौ हजार र आइतबार तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार सय ४० रुपैयाँ घटेर सात हजार ६५ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला सात हजार तीन सय, मंगलबार छ हजार आठ सय ७०, सोमबार छ हजार सात सय ६५, र आइतबार छ हजार चार सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!