सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा दोस्रो पटक ४९४ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यसअघि दरखास्त आह्वान गरिएको अवधिमा मागअनुसार आवेदन नपरेपछि पुनः दोस्रो पटक निर्वाचन प्रहरीको आवेदन माग गरिएको थियो ।

सरकारले पुस २५ गतेबाट माघ १ गतेसम्मका लागि निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो । उक्त अवधिमा धनकुटामा जम्मा आठ सय ७६ जनाको मात्रै आवेदन परेको थियो ।

धनकुटामा जम्मा एक हजार ८५ जना निर्वाचन प्रहरी कोटा निर्धारण गरिएको छ । आवश्यक कोटा अनुसार आवेदन नपरेपछि पुनः दोस्रो पटक निर्वाचन प्रहरीका लागि माघ १० र ११ गते आवेदनको समय थप गरिएको थियो ।

७६ जना निर्वाचन प्रहरी अपुग भएपछि दोस्रो पटक आवेदन माग गर्दा ४ सय ९४ जनाबाट आवेदन आएको धनकुटा प्रहरीका इन्स्पेक्टर किशोर तामाङले जानकारी दिए । निर्वाचन प्रहरीका लागि आवेदन आएपछि आजबाट छनोट प्रक्रिया सुरु भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!