
धनकुटा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै छ । धनकुटाको सल्लेरी वनमा रहेको सरस्वती मन्दिर तथा विद्यालयहरूमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।
धनकुटा बहुमुखी क्याम्पस लगायतका विद्यालयमा सरस्वतीको पूजाका लागि शिक्षक, विद्यार्थी, कर्मचारी साथै स्थानीयहरूको उपस्थित रहेको छ ।
आजको दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । आजकै दिन बालबालिकाहरूलाई अक्षरारम्भ समेत गराउने गरिन्छ ।











सन्तोष सुवेदी/संगालोखबर 













