
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन् ।
आज झापाको दमक-८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा ओलीले यस्तो बताएका हुन् । उनले यस प्रकारको विध्वंस मच्चाउनेहरू कानुनी दायरामा आउने उल्लेख गरे ।
‘सधैँ अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि ! बरु उजुरी-निवेदन लगायतको प्रकृया चाहिँ अघि बढाउनु होला’, उनले भने ।
नेता पुरीले आफूले सबै प्रमाणहरू संकलन गरिसकेको र कानुनी उपचारको प्रकृया पनि अघि बढाएको जानकारी गराए । पुरीको घर अवलोकनपछि ओली दमकस्थित तत्कालीन माओवादीको पार्टीको क्षति अवलोकन गर्दै गौरादह लागेका छन् ।

संगालोखबर 













