संगालोखबर


झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन् ।

आज झापाको दमक-८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा ओलीले यस्तो बताएका हुन् । उनले यस प्रकारको विध्वंस मच्चाउनेहरू कानुनी दायरामा आउने उल्लेख गरे ।

‘सधैँ अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि ! बरु उजुरी-निवेदन लगायतको प्रकृया चाहिँ अघि बढाउनु होला’, उनले भने ।

नेता पुरीले आफूले सबै प्रमाणहरू संकलन गरिसकेको र कानुनी उपचारको प्रकृया पनि अघि बढाएको जानकारी गराए । पुरीको घर अवलोकनपछि ओली दमकस्थित तत्कालीन माओवादीको पार्टीको क्षति अवलोकन गर्दै गौरादह लागेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!