
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केहीबेरअघि शाहले मनोनयन दर्ता गरेका हुन् ।
मनोेनयन दर्ताका लागि समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । सो क्रममा उनको पक्षमा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो ।
रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन् । झापा–५ को चुनावी प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ ।

संगालोखबर 













