सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा ११ वटा राजनीतिक दलले मनोनयन दर्ता गराउँदै छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि दलहरूलाई फरक-फरक समय र रुट निर्धारण गरिएको छ ।

धनकुटामा नेपाल मजदुर किसान पार्टी, श्रम संस्कृति पार्टी, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराउने  निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लप), जनता समाज पार्टी नेपाल र मंगोल नेशनल अर्गनाइजेशनले मनोनयन दर्ता गराउँदैछन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।  मनोनयन दर्ताका लागि आउने राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई तोकिएको समय साथै रुटको पालना गर्न समेत आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!