सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ मुगा स्थित गजेगैरीमा माघे मेला उत्सवको अवसरमा १७ वटा गोरु जुधाइएको छ । प्रगतिशील सेवा समाज पाख्रीबास र पाख्रीबास नगरपालिकाको सहयोगमा आयोजना गरिएको मेलामा आज गोरु जुधाइ प्रतियोगिता गरिएको हो ।

जसमा पाख्रीबास नगरपालिका-१० चुङ्माङ स्थित युनिक बिकको गोरु प्रथम भएको छ । यस्तै महालक्ष्मी नगरपालिकाका राजकुमार दाहालको गोरु द्वितीय हुँदा चुङ्माङकै रामकुमार राईको गोरु तृतीय भयो ।

विजेता हुने गोरुधनीलाई जनही क्रमशः ४०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष गोपाल बिश्वकर्माले जानकारी दिए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!