
विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पर्क कार्यालयका लागि दमकमा घर खोजिएको छ । बालेन झापा-५ मा उम्मेदवार बन्ने तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनका लागि भाडामा घर खोजेको हो ।
रास्वपा झापाका अनुसार दमक-३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर टुंगो लागिसकेको छ भने अर्को एउटा घर खोज्ने काम भइरहेको छ ।
बालेनको आवास प्रयोजन, सम्पर्क कार्यालयसमेतका लागि घर खोजिएको रास्वपा झापाले जनाएको छ । चुनाव लड्ने भएपछि उनले काठमाडौं महानगर मेयरबाट राजीनामा दिने तयारी गरेका छन ।
झापा-५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा ओली २०६४ मा बाहेक पराजित भएका छैनन् । बालेनले एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न झापा जान लागेका हुन् ।

संगालोखबर 













