संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । भोजपुर र मोरङबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले भोजपुरको आमचोक-१० बाट ४६ वर्षीय मचिन्द्र राई र मोरङको विराटनगर-१ का रिहान अन्सारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भोजपुर नगरपालिका-१० घर भएका राई आमचोकमा डेरा गरेर बस्दै आएका थिए । राईको कोठाबाट ८७ किलो पाँच सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी अन्सारीलाई एक ग्राम २० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!