सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गतेदेखि सुरु भएको निशान पदयात्रा समापन भएको छ । सुनसरीको विजयपुरगढीदेखी सुरु भएको पदयात्रा धनकुटाको पाख्रीबास नगरपालिकामा पुगेर आज एक कार्यक्रमबीच समापन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले यस पदयात्राले देश भक्तिको सन्देश फैलाउने बताए । उनले नयाँ कामको सुरुवात भएसँगै नेपाली सेनालाई सधै सहयोग गरेर अगाडि बढ्ने उल्लेख गरे ।

पदयात्रा समापन कार्यक्रममा नेपाली सेनाले सुदूरपश्चिमको मौलिक छलिया नृत्य साथै स्थानीय कला संस्कृति झल्काउने सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो ।

पदयात्रा पहिलो दिन विजयपुरगढी देखी धनकुटाको साँगुरीगढीमा सम्म आएको थियो । यस्तै दोस्रो दिन साँगुरीगढीबाट करिब ९ किलोमिटर दूरी पार गर्दै धनकुटा नगरपालिका-९ स्थित मूलघाट आएको थियो ।

यस्तै तेस्रो दिन मूलघाटबाट करिब १४ किलोमिटर दूरी पार गर्दै महाङ्ग, बेलहरा हुँदै धर्मशाला पुगेको थियो । आज बिहान पदयात्रा टोली धर्मशालाबाट पाख्रीबासमा आइपुगेको हो ।

नेपाली सेनाले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रा गरिएको श्री भीमदल गण सल्लेरी धनकुटाका गणपति गणेश थापाले जानकारी दिए ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!