सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाबाट निर्वाचित कोशी प्रदेश सभा सदस्य निरन राईले बचतकर्ताहरूलाई ठगी गर्ने सहकारीहरूलाई आवश्यक कारबाही गर्नुपर्ने बताएका छन् । जिल्ला सहकारी संघ धनकुटाको १४ औँ वार्षिक साधारणसभामा बोल्दै प्रदेश सभा सदस्य राईले यस्तो बताएका हुन् ।

उनले जिल्लामा रहेका सहकारीको गतिविधि सकारात्मक नै रहेको बताउँदै केही सहकारीबाट बचतकर्ता ठगिएको बारेमा सहकारी संघले आवश्यक कदम चाल्नुपर्ने बताए ।

उनले जिल्लाका सहकारीहरूलाई थप उत्कृष्ट बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे । धनकुटामा ३ सय ३० भन्दा बढी सहकारी संस्था क्रियाशील छन् । जसमध्ये ४२ वटा सहकारी महिलाको नेतृत्वमा सञ्चालन भइरहेको छन् ।

ती सहकारीमा ३७ हजार भन्दा बढी सदस्य छन् । संघका अध्यक्ष खगेन्द्र सुवेदीले केही सहकारी संचालकले नियोजित रूपमा रकम ठगी गर्दा समस्या भएको बताए । साङ्गठनिक प्रतिवदेन प्रस्तुत गर्दै उनले यस्ता सहकारीका कारण अन्यलाई पनि असर परेको उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!