संगालोखबर


विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशमा २३ हजार ४ सय ९ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना हुँदैछन् ।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न कोशीका १४ वटा जिल्लामा उक्त संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । जसका लागि शुक्रबारबाट सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन फारम भर्न सुरु गरिएको छ ।

मोरङमा ४ हजार ३ सय ८३, झापामा ४ हजार ३ सय ८, सुनसरीमा ३ हजार १ सय ४९ र इलाममा १ हजार ६ सय ३४ जना म्यादी प्रहरी भर्ना हुनेछन् ।

यसैगरी उदयपुरमा १ हजार ४ सय ४६, खोटाङमा १ हजार १ सय ८६, पाँचथरमा १ हजार १ सय ३१, भोजपुरमा १ हजार १, धनकुटामा ९ सय ८९ र सङ्खुवासभामा ९ सय ८८ जना म्यादी प्रहरी भर्ना हुनेछन् ।

ओखलढुङ्गामा ८ सय ७७, सोलुखुम्बुमा ८ सय ५१, ताप्लेजुङमा ८ सय ४६ र तेह्रथुममा ५ सय ५० जना म्यादी प्रहरी भर्ना हुँदैछन् । योग्यता पुगेका १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!