
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला दुई सय १० रुपैयाँ बढेर चार हजार नौ सय ९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















