संगालोखबर

झापा । सार्वजनिकस्थलमा बारम्बार विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका झापाको कनकाई नगरपालिका-८ का ५५ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल पुनः पक्राउ परेका छन् ।

Advertisement

यही पुस १९ गते बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम राखेर त्रास फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२०८१ साल पुसमा पनि सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर राखेको घटनामा समेत खरेल पक्राउ परेका थिए । उक्त शङ्कास्पद कुकरलाई नेपाली सेनाको कालीशक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।

त्यसैगरी २०७८ साल चैतमा इटहरी-२ नवजागृति टोलस्थित एक कोठामा भएको बम विस्फोटमा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए । उक्त घटनामा पनि खरेलको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि खरेल पुनः विस्फोटक आतङ्कमा सक्रिय भएको पाइएपछि २०८१ साल चैतमा पक्राउ परेका थिए ।

सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनका क्रममा फरार भएको समेत खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका खरेलमाथि थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!