संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरेका हुन् ।

ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका नर्सिङ प्रशासक आस्था थापाका अनुसार बसभित्र रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ ।

Advertisement

शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ-गाउँसम्म विस्तार गर्ने उल्लेख गरे । महामारी फैलिएको अवस्था तथा स्वास्थ्य शिविर सञ्चालनमा यो सहज र प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको चर्चा गर्दै यसलाई थप परिष्कृत गर्दै आम जनतामा पुर्याउने प्रदेश सरकारको तयारी रहेको उनको भनाइ थियो ।

त्यस्तै प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले जनताले देखिने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताए । करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!