
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार सात सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । आज चाँदी प्रतितोला चार हजार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













