संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-७ होक्सेमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका-६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही ठाउँकी २६ वर्षीया आशा सदाको मृत्यु भएको हो ।

उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको हो । गएराति होक्सेबाट चुहाडेतर्फ आउँदै गरेको स १ त २८२५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटना लगत्तै ट्याक्टर चालक फरार भएका छन् । उनको खोजी भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!