सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मिलेर जान सकिने बताएका छन् ।

आज नेपाली कम्युनिस्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचनमा चुनौती रहेकाले ठूला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताएका हुन् ।

‘जेनजी आन्दोलन पश्चात्का राजनीतिक घटनाक्रमले आगामी चुनावमा चुनौती छ’, उनले भने, ‘प्रस्ताव आए ठूला दलसँग मिलेर अगाडि बढ्न तयार छौं । त्यसका लागि निर्णायक दुई ठूला दलको भूमिका छ ।’ सबै एकतावद्ध भएर अघि बढ्दा सहज हुने उनको बुझाइ छ ।

उनले अरेका भरमा सत्यतथ्य नबुझी राजनीतिमा पाइला चाल्न नहुने तर्क गर्दै आफ्नो पार्टी एकताका पक्षमा रहेको बताए । उनले जेनजी आन्दोलनको माग जायज भएपनि घुसपैठका कारण देशको स्थिति भयाभय भएको उल्लेख गरे ।

चुनावका विषयमा पत्रकारहरूले गरेको प्रश्नमा उनले सुरक्षा निकायसँग छलफल र कुराकानी भइरहेको बताउँदै अवस्था सामान्य रहेको उल्लेख गरे । उनले भने, ‘चुनाव हुन्छ,  ढुक्क हुँदा हुन्छ ।’

उनले संसद पुनस्थापना अदालतबाट आदेश फैसला र विषेश परिस्थितिमा हुने बताउँदै चुनावको विकल्प नरहेको स्पष्ट पारे । गणतन्त्र, संघियताको रक्षा गर्न चुनाव तोकिएकै मितिमा हुनुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!