संगालोखबर


विराटनगर । विराटनगरमा पाँच वर्षमुनिका बालबालिकाहरूलाई भोलि स्वर्ण बिन्दु थोपा खुवाइने भएको छ । राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम अन्तर्गत १९ वटै वडाका बालबालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाउन लागिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख रामप्रवोध चौधरीका अनुसार ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमप्रति नागरिकको चासो बढेको छ । उनले सुरुमा १ सय ६० बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएकोमा दोस्रो चरणमा बढेर ३ सय ४१ पुगेको बताए ।

यो महिना स्वर्ण बिन्दु थोपा सेवन गर्ने बालबालिकाको संख्या बढ्ने विश्वास लिइएको उनले बताए । आयुर्वेद पञ्चकर्मका एमडी. समेत रहेका चौधरीले यो कार्यक्रमलाई थप व्यवस्थित बनाइने उल्लेख गरे ।

शास्त्रीय विधिसम्मत बिहानको समयमा पुष्य नक्षत्रको दिन पारेर यो औषधी खुवाइने गरिएको छ । स्वर्ण प्राशन आयुर्वेदको एक प्राचीन चिकित्सा पद्धति हो । जसलाई आधुनिक खोपको अवधारणासँग तुलना गरिन्छ ।

बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई बढवा दिन र उनीहरूलाई विभिन्न रोगबाट बचाउन यसको प्रयोग गर्ने गरिएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!