संगालोखबर


विराटनगर । झापाको भद्रपुर विमानस्थलमा धावनमार्गबाट चिप्लिएको बुद्ध एयरको विमान निकाल्न विराटनगरबाट क्रेन लगिँदै छ । शुक्रबार राति धावनमार्गबाट बाहिरिएर खोल्सोमा धसिएको बुद्ध एयरको एटीआर–७२ विमान विराटनगरबाट ५० टन क्षमताको ठूलो क्रेन लगिएको हो ।

शनिबार ७२ वटा सिट र करिब एक हजार दुई सय किलो इन्धन निकालेर विमानलाई हलुका बनाइएको छ । काठमाडौंबाट आएका १८ जना प्राविधिक र नागरिक उड्डयन प्राधिकरणको टोली घटनास्थलमा खटिएका छन् ।

आज विराटनगरबाट गएको ठूलो क्रेनको सहयोगमा विमानलाई उचालेर सुरक्षित स्थानमा सार्ने योजना छ । साना क्रेनले विमान उठाउन नसकेपछि ठूलो क्षमताको क्रेन लगिएको जनाइएको छ । विमानको पुच्छर धावनमार्ग नजिकै रहेकाले हाल भद्रपुरमा जोखिमपूर्ण उडान भइरहेको छ ।

विमानस्थलका अनुसार धावनमार्गको कुल लम्बाइ १ हजार ५ सय मिटर भए पनि हाल २८ नम्बर बिन्दुबाट सय मिटर घटाएर मात्र अवतरणको अनुमति दिइएको छ । शुक्रबारदेखि रोकिएको यति एयरलाइन्सको विमान भने आइतबार बिहान काठमाडौं फर्किएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!