संगालोखबर


विराटनगर । भोजपुरको अरुण गाउँपालिका-५ स्थित पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थी तथा अभिभावकहरूका लागि अभिभुखिकरण कार्यशाला सञ्चालन गरिएको छ । शैक्षिक गुणस्तर सुधार र वृद्धि गर्ने उद्देश्यसहित विद्यार्थी र अभिभावकलाई एकै स्थानमा राखेर कार्यशाला गरिएको हो ।

विद्यालयको आयोजना तथा शिक्षक अभिभावक संघका अध्यक्ष तिलक थापाको सहयोगमा भएको कार्यक्रममा नवराज भट्टराईले प्रशिक्षण दिएका थिए । यो कार्यक्रमले विद्यार्थीहरू र अभिभावकहरूमा सकारात्मक उर्जा थपिएको विद्यालयले जनाएको छ ।

Advertisement

यस्तो कार्यक्रम अरुण गाउँपालिकामै पहिलो भएको हुनसक्ने विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष थापाले बताए । ‘शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकसँगै विद्यार्थी र अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो’, थापाले भने, ‘आगामी दिनमा थप शैक्षिक सुधारका कामहरू गर्दै जानेछौं ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष युवराज ढकाल, वडा नम्बर ७ का वडाध्यक्ष कुमार थापा, पालिका शिक्षा समिति सदस्य वबिन्द्र रसाइली, विद्यालयका शिक्षक लगायतको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!