संगालोखबर


भोजपुर । भोजपुरमा आगामी निर्वाचन लागि २ हजार ३ सय ८७ नयाँ मतदाता थपिएका छन् । योसँगै कुल मतदाताको सङ्ख्या एक लाख २५ हजार ७ सय ६६ पुगेको छ ।

यसअघि भोजपुरमा एक लाख २३ हजार ३७९ जना मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो ।

Advertisement

निर्वाचन कार्यालयअनुसार कूल मतदातामध्ये ६५ हजार ७८८ जना पुरुष, ५९ हजार ९७७ जना महिला तथा एक जना अन्य मतदाता छन् ।

स्थानीय तहअनुसार भोजपुर नगरपालिकामा २० हजार १ सय ८९, षडानन्द नगरपालिकामा २१ हजार ८ सय ९६, अरुण गाउँपालिकामा १२ हजार ६ सय ४३, आमचोक गाउँपालिकामा १२ हजार ४ सय ४४ र पौवादुङमा गाउँपालिकामा १० हजार ६ सय ६३ जना मतदाता कायम छन् ।

यस्तै टेम्केमैयुङ गाउँपालिकामा १३ हजार ५ सय ५७, रामप्रसादराई गाउँपालिकामा ११ हजार ९ सय, साल्पासिलिछो गाउँपालिकामा आठ हजार ७ सय २४ र हतुवागढी गाउँपालिकामा १३ हजार ७ सय ५० मतदाता छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!