सन्तोष सुवेदी/संगालोखबर


धनकुटा  । धनकुटा नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि पर्यटन नीति निर्माण गर्न सरोकारवाला निकायसँग छलफल गरेको छ । नगरपालिकाले पर्यटन नीतिका लागि विभिन्न ६ वटा शीर्षकमा छलफल गरेको हो ।

होमस्टे तथा सामुदायिक पर्यटन, होटल रेष्टुरेन्ट तथा आतिथ्य सत्कार, पदमार्ग गाइड तथा साहसिक पर्यटन तथा पर्यटन पूर्वाधारमा सुझाव लिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले बताए ।

Advertisement

यस्तै पहुँच, पर्यटन प्रवर्द्धन र ब्रान्डिङ तथा क्रस कटिङ इस्यु लगायतका विषयमा सम्बन्धित पक्षको समूह बनाएर सुझाव मागिएको थियो । पर्यटन नीति तथा निर्देशिका निर्माणका लागि सरोकारवाला निकायसँग विभिन्न अन्तरक्रिया कार्यक्रम गर्दै सुझाव लिने काम अघि बढाइएको उनको भनाइ छ ।

कार्यक्रममा सहभागीले धनकुटा नगरको पहिचान बनेको एभोकाडो र आठपहरिया जातिको संस्कृतिलाई ब्रान्डिङ गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले पर्यटन नीति तथा निर्देशिका निर्माण गर्दा धनकुटामा रहेका ऐतिहासिक तथा धार्मिक ठाउँहरू भुल्न नहुने सुझाव दिएका थिए ।

पर्यटन नीति नबनाउँदा पर्यटन प्रवर्द्धनमा समस्या भएकाले चाँडो पर्यटन नीति निर्माणमा लाग्न उनीहरूले जोड दिएका थिए । राणाकालमा गौँडाको रूपमा रहेको धनकुटाका विभिन्न विषय समेटेर ब्रान्डिङ गर्दै पर्यटन नीति बनाउनु पर्ने सहभागीहरूले सुझाव दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!